एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, कति हुदैछ कारोवार ?

नवनारी
७ जेठ २०८२
242 Views

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पाँच हजारले बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ९९० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोवार भएको थियो । 


धेरै पढिएको