सुनको मूल्य तोलामा १७ सयले बढ्यो, चाँदीको कति ?

नवनारी
८ जेठ २०८२
192 Views

काठमाडौँ । नेपाली बजारमा बिहीबार (आज) पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो । 

आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आज बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो । 


धेरै पढिएको