सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
१२ जेठ २०८२
252 Views

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।


धेरै पढिएको