सुनको मूल्य सामान्यले बढ्यो, चाँदीको कति ?

नवनारी
१६ जेठ २०८२
211 Views

काठमाडौँ । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्यले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि

बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । 

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो । 


धेरै पढिएको