सौन्दर्यकर्मीका लागि दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न
1,114 Views
काठमाडौँ । ललितपुर राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महालक्ष्मी नगर कमिटिले दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटी अध्यक्ष पुनम थापाको अध्यक्षतामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
पेशागत दक्षता अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथी नावुन केन्द्रीय सचिव सुजना जोशीले सौन्दर्यकर्मीहरु एकताबद्ध भएर एउटै छातामुनी संगठित हुनुपर्नेमा जोड दिंदै आफ्नो पेशागत हक हितका निमित्त आफै अग्रसर हुनुपर्ने बताइन् ।

साथै उनले राज्यले लागू गरेको योगदानमा आधरित सामाजिक सुरक्षा कोष कार्यान्वयन गरेर अगाडी बढनुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रमको सहजीकरण कमला खड्काले गरेकी थिइन् भने सम्बन्धीत व्यवसायी महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस