सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोवार ?

नवनारी
२७ जेठ २०८२
310 Views

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँरहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ । 

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ  ।


धेरै पढिएको