गाउँको घर, बटुवाको रातको बास, प्रेमको आरम्भ– “चिउरी पातैमा” गीत सार्वजनिक

नवनारी
२८ जेठ २०८२
1,044 Views

काठमाडौँ । नेपालको पुरानो “साझमा बास बस्ने प्रचलन” र त्यस क्रममा भएको एक मीठो प्रेम कहानीको सुरुवातलाई म्यूजिक भिडियो मार्फ़त देखाऊने सानो प्रयास स्वरूप लोक भाकाको “चिउरी पातैमा” गीत सार्वजनिक भएको छ । जसमा बास बस्न आउने अपरिचित ब्यक्तिको घरबेटीको छोरी प्रतिको आकर्षण र उनिहरु बिचको दोहोरी संबाद र त्यसपछी हुने प्रेम कहानीको सुरुवातलाई बडो रोमांचक ढंगले देखाइएको छ ।

गायक लेख काफले र गायिका अप्सरा घिमिरेद्वारा गाईएको उक्त गीत लेख काफ्लेको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो । गीतमा शब्द गायक स्वयमको, संगीत लेखु सहयात्रीको र संकलन बिषम आचार्यको रहेको छ । साथै, मिक्सिङ तथा मास्टरिङ भने प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेका छन् ।

मकवानपुरको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा लालना छिमरिया, र गायक लेख काफ्लेकै अभिनय रहेको छ । भिडियोमा बास बस्ने कथाबस्तुलाई निर्देशक मौशम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् जसमा नवराज उप्रेतीको भिड़ियोग्राफीको उत्कृस्टता देख्न सकिनेछ ।


धेरै पढिएको