एकै दिन सुनको मूल्य ४ हजार २ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
३० जेठ २०८२
323 Views

काठमाडौँ । सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० लेवृद्धि छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामाएक लाख ९२ हजार ९ सयमा कारोवार भएको थियो । 

यस्तै चाँदी तोलामा आज दुई हजार १६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको थियो। 


धेरै पढिएको