नागार्जुन महोत्सवमा गायक रमेशको बेजोड प्रस्तुती

नवनारी
१ असार २०८२
252 Views

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ विबिध साङ्गीतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । त्यस क्रममा गायक रमेश पाठकले आफ्ना चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका छन् । बहु बिधाका गीत गाउँन सक्ने खुबी भएका कारण पाठकको प्रस्तुती दर्शकले अत्यन्त रुचाएका थिए । लोकसंस्कृति प्रतिष्ठानले आयोजना गरेको महोत्सव अन्तर्गतको साङ्गीतिक कार्यक्रममा विभिन्न सङ्गीतकर्मीले आ–आफ्ना प्रस्तुति दिएका दिए ।

गायक पाठकले के गर्ने के गर्ने, सातै सुर, मायाकै पीर, कानैमा झुम्का लगायत आधा दर्जनभन्दा बढी आफ्ना चर्चित गीत गाएका थिए । कार्यक्रममा गाएक पाठक सहित गायक सुगम पोखरेल, रमेश राज भट्ट, गयिका प्रीती आले, रचना रिमाल लगायतको पनि प्रस्तुति दिएका थिए ।


धेरै पढिएको