नागार्जुनमा गायक चेतन राईको बेजोड प्रस्तुती, गीत संगै झुमे दर्शक

नवनारी
२ असार २०८२
313 Views

काठमाडौँ । नागार्जुन नगरपालिका–६, काठमाडौँमा लोकसंस्कृति प्रतिष्ठानको मुख्य आयोजनामा १४ दिनसम्म चलेको कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताका साथ भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अन्तिम दिन गायक चेतन राईले आफ्नो चर्चित आधा दर्जन जति गीतहरू प्रस्तुत गरेर महोत्सवलाई संगीतमय बनाएका थिए । दर्शकहरूको अनुरोधमा समेत उनले गीतहरु गाएका थिए । तिमी धुन बन, नाम्चे बजार, घुम्दै जाँदा, जापानिज साडी, बाधन आदि गीतको प्रस्तुति दिँदा दर्शकहरू गायकसँगै सुर र तालमा झुमिरहेका थिए ।

पप, आधुनिक शैलीका गीतहरू गाउन सक्ने क्षमता भएका गायक चेतनले आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई मन्त्रमुक्त गराएका थिए । कार्यक्रममा अन्य गायकहरु एलिना चौहान, हेमन्त शिशिर लगायतको पनि प्रस्तुति रहेको थियो ।


धेरै पढिएको