कर्णालीका मुद्दाहरु लिएर ३१ दिन हिँडेर काठमाडौँ आइपुगे नवराज बोहरा

नवनारी
३ असार २०८२
276 Views

काठमाडौँ । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा ३१ औँ दिनमा काठमाडौँ आई पुगेका छन् । हिजो कलङ्की आइपुगेका उनी आज बिहान बालुवाटार आइपुगेका छन् । कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार आएका हुन् ।

सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका मुद्दाहरू राख्ने उनले बताएका छन् ।


धेरै पढिएको