‘बाटुलो जुन’मा अनमोलसँग फिल्म खेल्दै प्रिन्सी खतिवडा
काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘बाटुलो जुन’ मा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडा अनुबन्धित भएकी छन् । उनी फिल्ममा शीर्ष भूमिकामा अनमोलको अपोजिटमा देखिने भएकी हुन् । दर्जनौं नेपाली गीतमा मोडलिङ गरेकी उनले हिन्दी गीतमा समेत अभिनय गरेकी छन् ।
उनी नेपाली फिल्मको गीतमा यसअघि देखिए पनि अभिनयमा उनको ‘बाटुलो जुन’ डेब्यु फिल्म हुनेछ । भुवन केसीको निर्देशन र जिया केसीको निर्माण रहने फिल्म ग्रामीण परिवेशको कथावस्तुमा बन्न लागेको हो ।
फिल्मको आगामी सातादेखि पहिलो चरणको छायांकन सुरू गर्ने तयारी छ । दोस्रो चरणको छायांकन भदौंमा गरिने निर्माण पक्षले जनाएको छ । सनराइज पिक्चर्स प्रा.लिको ब्यानरमा बन्न लागेको फिल्मको गत जेठमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको थियो । जसमा कलाकारमा अनमोलसहित भुवन केसी र जिया केसीको समेत नाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस