महिला हत्या आरोपमा दुई जना पक्राउ

नवनारी
५ साउन २०८३
53 Views

होटल माउन्टेन एल्सिभाको कोठामा साउन ३ गते एक महिला मृत अवस्थामा फेला परेकी थिइन् ।
होटल माउन्टेन एल्सिभाको कोठामा मृत फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका बस्ने बीस वर्षीय दानबहादुर शाही र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने रमेश बुढा रहेका छन् । दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार साउन ३ गते बिहान करिब ११ बजे होटलको चौथो तलाको कोठामा महिला मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोली घटनास्थल पुगेको थियो।

 


धेरै पढिएको