ब्यूटीसियन करुणा पुरी एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६ बाट सम्मानित

ब्यूटीसियन करुणा पुरी एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६ बाट सम्मानित भएकी छिन् । एभरेस्ट इभेन्टले गत शनिबार काठमाडौंमा आयोजना गरेको समारोहमा सौनदर्य क्षेत्रमार्फत समाज र युवा पुस्तामा पु¥याएको योगदानको कदर गर्दै पुरीलाई सम्मान गरेएको हो ।
करुणा पुरीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने दश जनालाई उक्त समारोहमा सम्मान प्रदान गरेको थियो । एभरेस्ट इभेन्टले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई एभरेस्ट एक्सिलेन्स अवार्ड प्रदान गर्दै आएको छ ।
एक दशकभन्दा बढी समयदेखि ब्यूटीसियन ट्रेनिङ सेन्टर तथा सौन्दर्यको क्षेत्रमा सक्रिय करुणा पुरीले नेपाली फिल्म, म्युजिक भिडियो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय मोडलहरूका लागि समेत मेकअप गर्दै आएकी छिन् । उनको मेकअपमा विभिन्न चर्चित सेलिब्रेटीहरू समेत सजिने गरेका छन् । विभिन्न मोडलिङ तथा सौन्दर्य प्रतियोगिताहरूमा समेत उनले ब्यूटीसियनको भूमिका निर्वाह गर्दै आएकी छिन् ।
करुणाको नेतृत्वमा काठमाडौंको सीतापाइला र कोटेश्वरमा ‘करुणा ब्यूटी पार्लर ट्रेनिङ सेन्टर’ सञ्चालन हुँदै आएको छ भने उनले थुपै्रलाई रोजगारी समेत दिएकी छन् । उनले ब्यूटी तथा मेकअपसम्बन्धी सीप र ज्ञान नयाँ पुस्तामाझ पु¥याउँदै आएकी छिन् ।
सम्मानपछि प्रतिक्रिया दिँदै करुणा पुरीले यस्ता सम्मानले आफ्नो कामप्रतिको जिम्मेवारी अझ बढाउने बताइन् । आफूले सिकेको सीपमार्फत समाजका लागि सानो भए पनि योगदान दिन सक्ने अनुभूति यस्ता सम्मानले गराउने उनको भनाइ छ ।
उनले भनिन्, “यस्ता सम्मानले कामप्रतिको जिम्मेवारी अझ बढाउँछ । यो ऊर्जा र उत्साहलाई अझ अगाडि बढाउने प्रेरणा मिल्छ ।”
एक दशकभन्दा बढी समयदेखि सौनदर्यको क्षेत्रमा सक्रिय करुणा पुरी आगामी दिनमा पनि आफ्नो सीप, अनुभव र ज्ञानलाई नयाँ पुस्तासँग जोड्दै यस क्षेत्रमा योगदान पु¥याउने र सकेसम धेरैलाई रोजगारीको अवसर समेत सिर्जना गर्ने लक्ष्यका साथ अघि बढिरहेकी छिन् । उनीसँगै व्यूटिसियन रुस्का श्रेष्ठ, फेसन डिजाइनर सुक्निता चौलगाई, सञ्चारकर्मी बिना श्रेष्ठ लगायत सममानित भएका थिए ।


प्रतिक्रिया दिनुहोस