रश्मिलाजको १६औं बार्षिकोत्सव मानब सेवा आश्रममा

नवनारी
१० माघ २०८१
211 Views

काठमाडौं । १६ बर्ष देखि संचालनमा रहेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १६ औं बार्षिकोत्सब हरेक बर्ष जस्तै यसपाली पनि फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औ बार्षिकोत्सव काठमाडौँको गोंगबू टाउन प्लानिडमा अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद्धा असक्त आमाहरु र अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएर मनाएको छ ।

अहिले रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौँ मल सुन्धराको पहिलो र चौंथो तल्ला पसल नं (११८ र ४०१, बिजी मल, गोंगबू चौंथो तल्ला र बुद्धमल, बालाजु पहिलो तल्ला सहित चारवटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

देशको चरम आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा प्रतक्ष्य असर पारिरहेकोमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरूका संरक्षक प्रकाश कुमार श्रेष्ठकी दिदी अमेरिका कनेक्टिकट ब्राण्डफ्रोर्डराज्यबाट केहि दिन अगाडी परिवार साथ आफ्नो माईतीघर नेपाल आएकी स्व. ज्योती श्रेष्ठ करिब ९ दिन अगाडी हृदयघातबाट स्वर्गारोहण भएकि थिइन् । उनको सम्झनामा पनि रश्मिलाजले बार्षिकोत्सवलाई फरक शैलीमा असाहय पिडित तथा अनाथ आश्रममा सहयोग गर्दै मनाईएको संरक्षक श्रेष्ठ बताए ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिंड, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले जानकारी दिइन् ।


धेरै पढिएको