रोज ब्यूटी एकेडेमीको २४औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । काठमाडौँको रविभवनमा सञ्चालित रोज ब्यूटी एकेडेमीको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । समारोह अन्तर्गत विभिन्न विद्यार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । शनिबार एक भव्य समारोहका बिच रोज एकेडेमीको प्रबन्ध निर्देशक कस्मोलोजिस्ट परिसी कारन्जितको अध्यक्षता सम्पन्न भएको हो ।

कार्यक्रममा गणेशमान सिंह स्मृति बहुप्राबिधिक शिक्षालयका प्रमुख डाकुरनाथ पराजुली र बरिस्ठ अभिनेता एबम चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष भुवन केसिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बरिष्ठ सौन्र्दर्यबिद तथा रोज ब्युटि एकेडेमीकि सस्थापक अध्यक्ष सोनि कारन्जितले स्वागत मन्तव्य दिँदै एकेडेमीमा अहिले सम्मको संघर्षका दिनका सम्झिदै आफ्नो अनुभवहरु शेयर गरेकि थिइन् । २४औँ बर्ष सम्म आइपुग्दा केक काटेर खुशी हुँदै उपस्थितिको लागि सबैलाई धन्यवाद समेत व्यक्त गरेकि थिइन् ।
कार्यक्रममा ब्युटीपार्लर सम्बन्धि तालिम लिएका बिद्यार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । भने संस्थालाई विभिन्न क्षेत्रबाट योगदान गर्ने सञ्चारकर्मी, शुभचिन्तक तथा उपस्थित अतिथिहरुलाई समेत सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस