आज सुनको मूल्य २ हजार ३ सयले बढ्यो

नवनारी
१८ माघ २०८१
224 Views

काठमाडौँ । नेपाली बजारमा आज सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । यो सँगै आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो ।


धेरै पढिएको