एसवाई कस्मेटिकको इन्फ्लुयन्सर मिट कार्यक्रम सम्पन्न
काठमाडौँ । कोरियन ब्याण्ड एसवाई कस्मेटिक्सले आफ्नो प्रयोगकर्ता तथा नेपालमा रहेका विक्रेताहरु बिच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका गर्दै कम्पनीले आफ्ना उत्पादन र विजनेस मोडलको बारेमा जानकारी समेत गराएको छ ।
कस्मेटिक क्षेत्रमा नेपालमा तिव्र गतिमा अघि बढिरहेको एसवाईले आफ्नो सेवालाई थप व्यवस्थित गर्दै देशैभर विस्तार गर्ने बताएको छ । कार्यक्रममा एसवाई ग्रुपका एमडि छोइडुङले अन्य देशहरु जस्तै नेपालमा पनि आफ्नो उत्पादनको प्रयोग बढ्दै गएकोमा खुसी हुँदै थप विस्तारमा जोड दिन सम्पूर्ण विक्रेताहरुलाई आग्रह गरे ।
एसवाई इन्टरप्राइजेज प्रा.लि.ले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न क्षेत्रका व्यूटिसिन, कस्मेटोलोजिस्ट, व्यवसायी, इन्फ्लुयन्सर लगायत ४० जना बढिको सहभागिता रहेको थियो ।

अहिले एसवाईका विभिन्न प्रोडक्टहरु बजारमा उपलब्ध छन् । जस्तैः बजार सन क्रिम, ग्राफिन स्याम्पु, प्राइमस लिफ्टिङ जेल, सिआईसिए मास्क सिट, भिटामिन सि एम्पौल, स्किन क्लिन्जिर, क्लिनजिङ फोम लगायतका थुप्रै कस्मेटिक तथा स्किन केएर सम्बन्धी प्रोडक्टहरु बजारमा उपलब्ध छन् । ‘स्टे योङ’ भन्ने मुल नारा रहेको एसवाईले आगामि दिनमा देशका सबै जसो क्षेत्रमा आफ्नो सेवा विस्तार गरीरहेको बताएको छ ।
कम्पनीले ठाउँ ठाउँमा रहेका स्टोरहरु संग संगै विभिन्न इ–कमर्स वेभसाईटहरुको प्रयोगबाट पनि आफ्नो व्यापार गरीरहेको बताएको छ । एसवाईले राम्रो व्यापार गर्ने इन्फ्लुयन्सरलाई पोखरा, भारत, दुवई र कोरिया भ्रमणका प्याकेजहरुको बारेमा समेत जानकारी दिएको छ । जसको लागि आ–आफ्नो क्षेत्रबाट व्यापारलाई प्रमुख प्रथामिकता दिन एसवाईले आग्रह गरेको छ । नेपालमा करिव एक बर्ष पहिलाबाट सुरु भएको एसवाईले कस्मेटिक सामाग्रीहरु मात्र नभएर अन्य विभिन्न प्रकारका प्रोडक्टहरु बिगत आठ बर्ष देखि नेपालमा उपलब्ध रहेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस