सञ्चारकर्मी दीपकले ल्याए ‘मुना–मदनको डिभोर्स पार्टी’

नवनारी
२९ माघ २०८१
346 Views

काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथा ‘मुना–मदनको डिभोर्स पार्टी’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा भवनको पारिजात हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा. गीता त्रिपाठी, लेखक समिर लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

कथा, गीत, गजल समेत समेटेर पहिलोपटक पुस्तकको रुपमा ल्याएको बताउँदै लेखक समिरले भने, ‘यो मेरो पहिलो प्रयास भएकाले केहि कमजोरी हुन सक्न, तर इमान्दारिताका साथ लेखिएको संग्रह हो ।’ कार्यक्रममा समीक्षक तथा साहित्यकार डा. त्रिपाठीले लेखकको कल्पनाशक्ति प्रेरणादायी रहेको बताउँदै कथाहरुमा विविधता पाएको भन्दै समिरको पहिलो प्रयास स्वागतयोग्य रहेको उल्लेख गरिन् ।

कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टले सञ्चारकर्मी समिरले लेखन यात्रासँग सन्तुलन कायम गर्दै अघि बढ्न शुभकामना दिए । सदस्य फूलमान वलले भने, ‘समिर कुमार नगरकोटी शैलीका लेखक हुन्, सानो कथामा कथा बुन्न सक्ने खुबी राख्छन्’ उनको खेलकको लेखनशैलीको प्रशंसा समेत गरे ।


धेरै पढिएको