एसईई नहटाएर प्रदेशबाटै सञ्चालन गर्न शिक्षा मन्त्रालयको प्रस्ताव
195 Views
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा मन्त्रालयले एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेको हो ।
मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईई समावेश गरिएको थिएन । तर कक्षा दश उत्तीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्रणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ । एसईई परीक्षा बोर्डको समन्वय र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुने मन्त्रालयको प्रस्तावमा छ ।

प्रतिक्रिया दिनुहोस