न्यू श्रृंगारको १७औँ बार्षिकउत्सव सम्पन्न
काठमाडौँ । न्यू श्रृंगार ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको बार्षिकउत्सव सम्पन्न भएको छ । ललितपुरको भनिमण्डल स्थित कार्यालयमा विभिन्न कार्यक्रमका साथ बार्षिकउत्सव मनाइएको हो ।
ब्यूटिसियन तथा श्रृंगारको क्षेत्रमा बिगत १६बर्ष देखि आफ्नो सेवा दिँदै आइरहेको न्यू श्रृंगारले आगामि दिनहरुमा ग्राहकहरुको माग अनुसार सेवा बिस्तार गर्दै जाने बताएको छ ।

कार्यक्रममा न्यू श्रृंगार ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी संचालिका निरु क्षेष्ठले अहिलेको अवस्थामा सम्म आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद दिँदै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा गरिन् ।

ब्यूटिसियन तथा श्रृंगारको क्षेत्रमा आफुहरु निरन्तर लागिरहेको भन्दै उनले आफ्नो ट्रेनिङ सेन्टरबाट थुप्रै दक्ष जनशक्ति समेत उत्पादन गरेको बताइन् । कार्यक्रममा श्रृंगार तथा ब्यूटिसियन क्षेत्र संग सम्बन्धित विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता थियो ।




प्रतिक्रिया दिनुहोस