काठमाडौंमा पुनः सुरु भयो शिक्षकको आन्दोलन

नवनारी
२० चैत २०८१
331 Views

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्‍याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । अनुशासित र मर्यादित बनाउन ८ सय स्वयंसेवक परिचालन गरेका छौ । प्रदेश प्रदेशबाट पनि १००÷१०० जना परिचालन गरिएको छ,’ उनले भनिन् ।


धेरै पढिएको