शिक्षक अन्दोलनको आठौँ दिन, माइतीघर–नयाँबानेश्वर सडक ठप्प
170 Views
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठौँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् । पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ । आन्दोलनको लागि देशभरबाट विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौँ आइरहेका छन् भने केहि अझै आउने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस