झनै चर्कीयो शिक्षक आन्दोलन, एसईईका उत्तरपुस्तिका परीक्षण देखि कक्षा १२ को परीक्षा सम्म प्रभावित हुने
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै देशभरका शिक्षकहरु १४ दिन देखि काठमाडौँमा आन्दोलनरत छन् । उनीहरुले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतिघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरुले सडकमा धर्ना दिएका हुन् ।
आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले लगातार काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ तर शिक्षकहरुको आन्दोलनले त्यसलाई पनि प्रभावित बनाएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।
त्यस्तै शिक्षक महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ । आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ ।

प्रतिक्रिया दिनुहोस