शिक्षक आन्दोलन जारी, देशभरका सामुदायिक विद्यालय बन्द

नवनारी
४ वैशाख २०८२
255 Views

काठमाडौँ । शिक्षक आन्दोलन १६ दिनदेखि काठमाडौँमा जारी छ । शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यका सहित देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरू भए पनि भर्ना कार्यक्रम सुरू हुन सकेको छैन ।

महासंघले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौं आउन उर्दी नै जारी गरेको छ । महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरूपमा बन्द भएको छ ।


धेरै पढिएको