शिक्षक आन्दोलनले नयाँबानेश्वरमा अस्तव्यस्त ट्राफिक जाम
273 Views
काठमाडौँ । १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर नयाँबानेश्वर सडक अवरोध गरेर प्रदर्शनमा उत्रिरहेका छन् । जस कारण ट्राफिक व्यवस्थामा अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोगिरहेका छन् । मुख्य सडक नै अवरुद्ध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित भएको छ ।
अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ । मुख्य सडक नै अवरुद्ध हुँदा अन्य वैकल्पिक बाटोहरुमा समेत लामो जाम लागेको छ भने सर्वसाधारणले एकदमै सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस