मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण अब नेपालबाटै

नवनारी
२४ माघ २०८१
190 Views

काठमाडौं । मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण अब नेपालमै हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले परिक्षण सुरु गरे संगै परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टले जानकारी दिए ।
परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा. भट्टको दाबी छ । यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दा कति खर्च लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन् ।


धेरै पढिएको