मन्टेश्वरी स्कुलकाे पहिलो किन्डरजोय कार्निभल सम्पन्न

नवनारी
२८ माघ २०८१
263 Views

काठमाडौँ । महालक्ष्मी नगरपालिका–५, टिकाथली, ललितपुरमा अवस्थित किन्डरजोय मन्टेश्वरी स्कुलमा पहिलो किन्डरजोय कार्निभल सम्पन्न भएको छ । कक्षागत रुपमा अभ्यास गरिने सिकाइलाई समुदायसम्म पुर्याउने उद्देश्यले सरस्वती पूजाको अवसरमा आयोजना गरिएको किन्डरजोय कार्निभलमा प्रि–स्कूल थिम सेलिब्रेसन, कक्षा १ देखि ३ को एकीकृत पाठ्यक्रममा आधारित प्रदर्शनी, स्थानिय पाठ्यक्रम केन्द्रित खाद्य मेला, चित्रकला जस्ता परियोजनाहरु समावेश गरिएका थिए ।


यसैगरी सोहि दिन विद्यालयले सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रमको पनि आयोजना गरेको थियो । अन्तरक्रियात्मक खेल र सांगीतिक प्रस्तुति विशेष आकर्षणको रुपमा रहेको किन्डरजोय कार्निभलमा अभिभावक, स्थानिय क्लब, सामुदायिक विद्यालय र STEM – Karyashala Nepal), Collaborative School Network (CSN) काठमाडौँ विश्वविद्यालय जस्ता संघ संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका अतिथि तथा स्टेम कार्यशालाका संस्थापक उज्वल श्रेष्ठले किन्डरजोय मन्टेश्वरी स्कुलले आयोजना गरेको यो किन्डरजोय कार्निभलको प्रयास सराहना गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई रचनात्मक ढंगले सिक्न मदत गर्दै उनीहरुको आत्मविश्वासलाई समेत प्रोत्साहन गर्ने बताए । विद्यालयका प्रधानाध्यापक रिता आचार्यले विद्यालयको शिक्षण सिकाइका अभ्यासलाई अझै रचनात्मक ढंगले अघि बढाउँदै समुदायसँगको सहकार्यलाई झनै बलियो बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।


धेरै पढिएको