पाँचौं नेपाल ब्राइडल मेकअप प्रतियोगिता सम्पन्नः सरु श्रेष्ठ प्रथम
काठमाडौं । पाँचौं नेपाल ब्राइडल मेकअप प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा सर्लाहीकी सरु श्रेष्ठ प्रथम घोषित भएकी छन् । भने फस्ट रनरअप रोनिका तामाङ र सेकेन्ड रनरअप कृपा तामाङ बनेका छन् ।
गोङ्गबु ब्युटी पार्लर ट्रेनिङ सेन्टर र मङ्गलादेवी फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता गोङ्गबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष ज्ञानि महर्जन प्रजापति ले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष तथा समाजसेवी सृजना सिंह थिइन् । यस्तै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरि प्रभा खड्की श्रेष्ठ विशिष्ट अतिथिको रुपमा उपस्थित थिइन् । त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बीसी र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रमुख स्वकीय सचिव इन्द्रमान सिंह सुवाल विशेष अतिथिका रूपमा उपस्थित थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर निश्चल बारही, सौन्दर्यकला व्यवसायी संघ ललितपुरकी उपाध्यक्ष सीता अर्याल, र सौन्दर्यकला व्यवसायी संघ काठमाडौंकी कोषाध्यक्ष सुमा चित्रकार रहेका थिए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्की, सचिव उत्तम अधिकारी, विभिन्न प्रतिष्ठानका प्रतिनिधिहरू तथा वरिष्ठ ब्युटिसियनहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रतियोगिताका विजेताहरूलाई कलर इसेन्स, ऋयकधष्श, र क्ष्पिजबष्च कम्पनी द्वारा आकर्षक गिफ्ट ह्याम्पर तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षा महर्जनको नेतृत्वमा नेवा फ्युजन ग्रुप को प्रस्तुति तथा सुसिला महतको नृत्य आकर्षणको केन्द्र बनेका थिए । सौन्दर्यकला क्षेत्रमा संलग्न व्यवसायी तथा नवप्रतिभाहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस