काठमाडौँ महानगरले ‘एनजी’ आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
238 Views
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत शिक्षा (जेडी) ग्रेडवृद्धि परीक्षा २०८२ को नतिजा ‘एनजी’ आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
परीक्षा बैशाख ८ गते (भोली) देखि हुने जानकारी दिँदै महानगरले सम्बन्धित विद्यालयलाई परीक्षा तयारी तथा सञ्चालनमा आवश्यक सहयोग गर्न एक सूचनामार्फत निर्देशन दिएको छ ।
परीक्षा केन्द्र सम्बन्धित विद्यालयमै रहनेछ भने उत्तर पुस्तिका संकलन, प्रश्नपत्र व्यवस्थापनलगायत कार्य विद्यालयको प्राचार्यमार्फत हुने जनाइएको छ । साथै उत्तरपुस्तिका र प्रमाणपत्र शिक्षा विभागमा वैशाख १६ गतेभित्र बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस