सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
१० वैशाख २०८२
230 Views

काठमाडौँ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 


धेरै पढिएको