सरकार र शिक्षकबिच ९ बुँदे सहमति, आन्दोलन फिर्ता, भोलिदेखि पठनपाठन हुने
183 Views
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । यसको साथै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।
सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस