सरकार र शिक्षक महासंघबीच हिजो भएको सहमतिमा विद्यालय कर्मचारी परिषद्को असन्तुष्टि

नवनारी
१८ वैशाख २०८२
229 Views

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारले बुधबार गरेको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले गम्भीर असन्तुष्टि जनाएको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै महासंघले गरेको सहमति आफूहरूको संस्थागत धारणाविपरीत रहेको स्पष्ट पारेको हो ।

नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिमार्फत सञ्चालनमा ल्याएको दोस्रो चरणको आन्दोलन २९औँ दिन पुगेपछि बुधबार सरकारसँग छलफल गर्दै आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो । तर, परिषद्ले उक्त सहमतिमा कुनै प्रकारको सहभागिता नभएको र आन्दोलन फिर्ता गर्ने निर्णय परिषद्को आधिकारिक धारणा नभएको जनाउँदै विरोध जनाएको छ ।

विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग तथा मुद्दाहरूप्रति सरकार र महासंघ दुवै गम्भीर नदेखिएको आरोप पनि लगाएको छ । यस अघि नेपाल शिक्षक महासंघ र सरकार बिच विभिन्न ९ बुँदे सहमति भए संगै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको थियो ।


धेरै पढिएको