जेन्यु हेयर एण्ड ब्यूटीको १६ औँ वार्षिकोत्सव सम्पन्न

नवनारी
२३ वैशाख २०८२
344 Views

ललितपुर । जेन्यु हेयर एण्ड ब्यूटी एकेडेमीको १६ औँ वार्सिकोत्सव सम्पन्न भएको छ । ललितपुरको मानभवनमा अवस्थित एकेडेमीकाे एक कार्यक्रमका बिच वार्सिकोत्सव मनाएको हो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)की ललितपुर महानगरपालिका कमिटी अध्यक्ष जयन्ती राना मगरले हेयर एण्ड बियुटिसियन तालिममा मास्टर्स डिग्री हासिल गर्नमा युवाहरु उत्साही रहेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा नाबुन केन्द्रीय महासचिव सुजना जोशीले संगठन स्थापनाको उदेश्य, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, मर्यादित रोजगारी र पेशागत स्वास्थ सुरक्षाको बारेमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा मीना खत्रीले नृत्य तथा लीली तामाङले गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जिफन्ट बाग्मती प्रदेश कमिटी सदस्य ईश्वरी थापा, महालक्ष्मी नगरपालिका कमिटी अध्यक्ष पुनम थापा, मिडियाकर्मी, प्रशिक्षार्थी लगायतको उपस्थिति थियो ।

जेन्यु हेयर एण्ड ब्यूटी एकेडेमीकी सञ्चालक जयन्ती राना मगरले १५ वर्षको उतारचढाव तथा अनुभव बताएकी थिइन् । ब्यूटीसियन तालीममा विभिन्न तहका पासआउट विद्यार्थीहरुलाई अध्यक्ष राना मगरद्वारा सम्मान, टोपी तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रशिक्षण तथा प्रमाणपत्रसमेत वितरण गरिएको थियो । ईश्वरी थापा तथा रुपा शाक्यले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन काठमाडौं महानगर कमिटीको निवर्तमान अध्यक्ष करुणा पुरीले गरेकी थिइन् ।


धेरै पढिएको