‘नाबुन’ बागमती प्रदेशको अध्यक्षमा करूणा पुरी चयन
काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) मा करुणा पुरीकोअध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले ११ सदस्यीयकार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पुरीले १३ वटै कमिटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमले संगठनलाई मजबुत बनाउने बताईन। उनले संगठनको सहयोग भएमा ब्यूटिसियनहरुको स्कुल स्थापना गरी समाजमा योगदान पुराउने बताईन ।

‘सामाजिक सुरक्षा र मर्यादित रोजगार, सौन्दर्यकर्मी श्रमिकको अधिकार’ नारासहित शुरु भएको कार्यक्रममा जिफन्टउपाध्यक्ष जितेन्द्र श्रेष्ठ, फान केन्द्रीय सदस्य ईश्वरी थापा, नावुन केन्द्रीय अध्यक्ष पम्फा देवकोटा पहारी, सुनिताभण्डारी, प्रेमकला डागी, मीना गुरुङ, शान्ति श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस