नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा

नवनारी
२ जेठ २०८२
377 Views

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ । आज तय भएको हङकङ र बहराइनको खेल रद्द भएसँगै नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो । आजको खेल हुँदै हङकङले जितेको खण्डमा नेपालको यात्रा यहीबाटै समाप्त हुने थियो । आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग पराजित भएसँगै सुपर थ्री मा पुग्ने सम्भाना निकै कम रहेको थियो । 

नेपालका लागि या त आजको खेल रद्द हुनुपर्ने या त बहराइनले जित्नुपर्ने थियो । तर बैंककमा टस पनि हुन नपाइ दुवैबीचको खेल रद्द हुनपुग्यो र अंक बाँडे । 

चार खेलबाट एक हार, एक अंक बाड्दै र दुई जितसहित नेपालको पाँच अंक रहेको छ । यता हङकङको पनि चार खेलमा तीन खेल रद्द हुँदा अंक बाड्दै, एक जितसहित पाँच अंक छ । 
तर समूहचरणमा दुई खेलमा जित निकालेका कारण नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो । छनोटमा सहभागी नौ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन् ।

सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ । नेपालले सुपर–थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।


धेरै पढिएको