गर वा मरको अवस्थामा नेपाली महिला क्रिकेट टोली, भोली युएईसँग निर्णायक खेल खेल्दै

नवनारी
४ जेठ २०८२
281 Views

काठमाडौँ । आगामी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले विभिन्न देशहरु संग खेल खेलिरहेको छ । छनोट अन्तर्गत नेपाल टप ३ मा पर्न सफल भएपनि टप दुई वटा टोलीले मात्र विश्वकप खेल्न पाउनेछन् ।

सुपर थ्री को पहिलो खेलमा थाइल्याण्डले यूएईलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ । आइतबार विहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो । अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन ।

त्यसकारण सोमबार हुने नेपाल र यूएईबीचको खेल नै निर्णायक हुने भएको छ । उक्त खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ । यदि सोमबारको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्याण्डलाई हराएपनि पर्याप्त हुने छैन । यूएईको ८ अंक हुनेछ र नेपालले थाइल्याण्डलाई जिते पनि ७ अंक मात्र हुनेछ ।

यदि खेल वर्षाले रद्द भएमा भने नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल निर्णायक बन्ने छ । हाल नेपालको ५ अंक र यूएईको ६ अंक छ । भोलिको खेल वर्षाले रद्द भएमा नेपाल ६ र यूएई ७ मा हुनेछन । यस्तोमा थाइल्याण्डलाई हराए नेपाल अगाडि बढ्नेछ ।

थाइल्याण्डको बैंककमा भइरहेको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन भने गर्न सकेको छैन् । यस अघिका खेलहरुमा केहि कमजोर देखिएको नेपाली टोलीले आगामि खेलमा उत्कृट प्रदर्शन सहित विश्वकपको ग्लोबल छनोटमा स्थाना बनाउने योजनामा रहेको छ ।


धेरै पढिएको