फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो, पुग्यो १००औं स्थानमा

नवनारी
२९ जेठ २०८२
352 Views

काठमाडौं । फिफा महिला फुटबलको वरीयतामा नेपाल एक स्थान खस्किएको छ । नेपाल एक स्थान तल झर्ने क्रममा १०० स्थानमा रहेको छ । यो महिना नेपालले थाइल्यान्डसँग एक अन्तर्राष्ट्रिय खेल खेल्दा हार ब्यहोरेको थियो ।

नेपाल दक्षिण एसियाको वरीयतामा दोस्रो स्थानमा छ । दक्षिण एसियामा शीर्ष स्थानको भारत ७०औं स्थानमा छ । भारत पनि एक स्थान तल झरेको हो । यस्तै बंगलदेश पाँच स्थान माथि उक्लिदै १२८औं स्थानमा छ ।

यस्तै पकिस्तान १५७औं, श्रीलंका १५९औं, माल्दिभ्स १६३औं र भुटान १७१औं स्थानमा छन् । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा छ । स्पेन दोस्रो, जर्मनी तेस्रो, ब्राजिल चौथो र इंग्ल्यान्ड पाँचौ स्थान छन् ।


धेरै पढिएको