युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य, मनिषाको उत्कृष्ट बलिङ

नवनारी
५ जेठ २०८२
260 Views

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत सुपर–३ अन्तर्गत नेपाल र युएई खेलिरहेका छन
। जसमा युएईले नेपालले जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि मनिषा कुमारी उपाधयायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

विश्वकपको ग्लोबल छनोटमा पुग्नको लागि आजको खेल नेपालका लागि एकदमै महत्वपूर्ण छ । यदि नेपालले आजको खेलमा युएईलाई जितेको अवस्थामा ग्लोबल छनोटमा पुग्नेमा छन ।


धेरै पढिएको