एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

नवनारी
११ असार २०८२
357 Views

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ ।

असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको हो ।

एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।


धेरै पढिएको