एरिका बनिन् वर्ष उत्कृष्ट खेलाडी
काठमाडौं- करातेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको स्पोर्ट्स अवार्डमा एरिका महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशीलाई पछि पारिन्।
भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन्। ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन्।
कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन्। मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए। पिपल्स च्वाइस विजेता कविताले पनि अवार्डसँगै मोटरसाइकल पाएकी छिन्।
१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो। लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।

प्रतिक्रिया दिनुहोस