यू-१९ महिला विश्वकप आजबाट सुरु, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

नवनारी
५ माघ २०८१
178 Views

काठमाडौं । दोस्रो संस्करणको आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता रहेको छ ।

विश्वकपको पहिलो खेलमा अहिले अष्ट्रेलिया र स्कटल्याण्ड तथा इङ्ल्याण्ड र आयरल्यान्ड भिडिरहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दै छ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।


धेरै पढिएको