यु-१९ महिला विश्वकपः नेपाल बंगलादेशसँग पराजित

नवनारी
५ माघ २०८१
187 Views

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ महिला विश्व कपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शनिवार भएको खेलमा बंगलादेशले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले दिएको ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन जोडिन् । बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि पुजा महतो, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिईन् ।

त्यसअघि मलेसियास्थित युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल तयार गर्यो ।

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए ।


धेरै पढिएको