नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा

नवनारी
५ माघ २०८१
214 Views

काठमाडौं । नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको सेमिफाइलनमा नेपाली महिला टोलीले युगान्डालाई ८९(१८ अङ्कले पराजित गरेको छ ।

नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । यसअघि नेपाल समूह विजेता बन्दै सेमिफाइलनमा पुगेको थियो ।


धेरै पढिएको