यु-१९ महिला विश्वकपः अस्ट्रेलियासँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

नवनारी
९ माघ २०८१
214 Views

काठमाडौं । मलेसियामा जारी यु-१९ महिला विश्व कपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ । महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

दोस्रो संस्करणको यु-१९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागीता रहेको छ । सहभागी १६ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् । प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ ।


धेरै पढिएको