यू-१९ महिला विश्वकप: पावरप्लेमा अस्ट्रेलियाले जोड्यो ३३ रन, ३ विकेट गयो
170 Views
काठमाडौं । मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाविरुद्ध नेपालले पहिलेफिल्डिङ गरिरहेको छ ।
टस जितेर अस्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा अष्ट्रेलियाले पावरप्लेको समाप्तीमा ३३ रन जोडेको छ । अष्ट्रेलियालेतीन विकेट गुमाएको छ । तीनै विकेट नेपालकी पूजा महताले लिएकी हुन् ।
नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस