नेपाल विरुद्ध ४५ रनमै अलआउट भयो मलेसियाको टिम

नवनारी
११ माघ २०८१
179 Views

काठमाडौँ । आइसिसी महिला यू-१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गतको प्लेअफ खेलमा मलेसिया नेपाल विरुद्ध ४५ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली मलेसियाले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि कप्तान पुजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।


धेरै पढिएको