टुँडिखेलमा सोनाम ल्होसारको रौनक

नवनारी
१७ माघ २०८१
239 Views

काठमाडौं । सोनाम ल्होछार २८६१ शुरु भएको छ । बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ । काठमाडौंको टुँडिखेल, बौद्ध, स्वयम्भुलगायत तामाङ समुदाय रहेका स्थानमा आज विभिन्न कार्यक्रम भइरहेको छ ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।


धेरै पढिएको