नेपालले नेदरल्याण्ड्सलाई दियो १४६ रनको लक्ष्य, पुजाको अर्धशतक

नवनारी
२३ माघ २०८१
215 Views

काठमाडौं । काठमाडौँमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो ।
नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।

करियरको पहिलो अर्धशतक गत वर्ष माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन् । तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन् । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् ।


धेरै पढिएको