नेपालमाथि नेदरल्याण्ड्सको १० विकेटको सानदार जित, नेपालको लगातार पाचौँ हार

नवनारी
२३ माघ २०८१
204 Views

काठमाडौं । काठमाडौं । काठमाडौँमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्सले नेपालविरुद्ध १० विकेटको सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान नेपालले दिएको १ सय ४६ रनको लक्ष्य विना कुनै विटेकको क्षतिमा पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् । नेपाल ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् । करियरको पहिलो अर्धशतक गत वर्ष माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन् । तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन् । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् ।

रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पुजा यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् । नेदरल्याण्ड्सका लागि आरिस विलिङले २ तथा कोरोलिङ डि लाङ र हेटर सिगर्सले समान १ विकेट लिए । नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । ५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।


धेरै पढिएको